पोखरा महानगर प्रमुख जिसिबाट पोखरा वहुमुखी क्याम्पस भवनको शिलान्यास

पोखरा महानगर प्रमुख जिसिबाट पोखरा वहुमुखी क्याम्पस भवनको शिलान्यास

पोखरा महानगर प्रमुख मान बहादुर जिसिले बुधबार पोखरा वहुमुखी क्याम्पसको नवनिर्मित भवनको शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास कार्यक्रममा प्रमुख जिसिले क्याम्पसको भवन बनाउन अन्त ठाउँ पाउदा पनि शान्तिवन पोखराको कोरसिटि भएको कारणले यसै ठाउँमा भवनको निम्ति प्रयत्न गरिएको बताउनुभयो । जिसिले कार्यपालिका , क्याम्पस परिवार , नगर विकास समिति , वडा , वडाबासी लगायत सबैको पहलबाट शहरी विकासबाट स्वीकृत प्राप्त गर्न सफल भएको बताउनुहुदै प्रतिस्पर्धाको समयमा निर्वाहमुखी हुन नहुनेमा समेत जोडदिनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखराकै सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पस २०४४ सालमा पुरानो टुडिखेलमा स्थापना भएको र हाल नयाँबजारमा अवस्थित महेन्द्र स्कुलबाट संचालित क्याम्पसमा बिए र बिबिएसका कक्षाहरु संचालित छन् ।

कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षता , व्यवस्थापन समिति सल्लाहकार शंकर देवकोटाको स्वागत र क्याम्पस प्रमुख शिशुकला पराजुली पौडेलको संचालनमा सम्पन्न भएको थियो ।