मिति २०७६÷०६÷१२ गतेका दिन आयोजित पोखरा बहुमुखी क्याम्पसको साधारण सभामा क्याम्पसको सञ्चालक समितिको निर्वाचन कार्यक्रम समेत तोकिएकोमा उक्त दिन प्राविधिक एवं विविध कारणले निर्वाचन स्थगित भएको व्यहोरा निर्वाचन समितिबाट मिति २०७६÷०६÷१२ गते नै सूचना प्रकाशित गरी जानकारी गराइएकोमा क्याम्पसको उक्त स्थगित सञ्चालक समितिको निर्वाचन सम्पन्न गर्ने प्रयोजनार्थ देहायमा उल्लेखित मिति, समय र स्थानमा क्याम्पस सञ्चालक समितिको निर्वाचन सम्वन्धी कार्यक्रम निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारी निमित्त अनुरोध छ । अत ः क्याम्पसमा आवद्घ सम्पूर्ण संरक्षक, विशिष्ट आजीवन र आजीवन सदस्यज्यूहरुलाई क्याम्पसको सञ्चालक समितिको निर्वाचन कार्यक्रममा अनिवार्य उपस्थिति एवं सहभागिताका लागि निर्वाचन समिति हार्दिक अनुरोध गर्दछ ।
निर्वाचन सम्वन्धी कार्यक्रम
मिति ः २०७६ साल मंसिर २८ गते, शनिवार ।
समय ः बिहान ७ ः ०० बजे ।
स्थान ः क्याम्पस प्राङ्गण ।
सयोजक निर्वाचन समिति
पोखरा बहुमुखी क्याम्पस, पोखरा – ९